×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा २४.६३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा २४.६३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

२३ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक्सेल डेभलपमेन्ट बैंकले खुद नाफा १० करोड २८ लाख ८० हजार रुपैयाँ नाफा कमाए रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा २४.६३% ले धेरै हो । गत वर्ष बैंकले ८ करोड २५ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा बढेको हुनाले पनि खुद नाफा बढेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालान नाफा क्रमशः २६.६६% र २४.८३% ले बढेको छ । गत वर्ष १८ करोड ७२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष बढाएर २३ करोड ७१ लाख २८ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ११ करोड ७७ लाख ३४ हजार रुपैयाँबाट बढाएर १४ करोड ६९ लाख ७२ हजार रुपैयाँ पुगेको छ । 
यो दोस्रो त्रैमाससम्ममा बैंकले ८ अर्ब ७४ करोड ६ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६६ करोड ४६ लाख २७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल यसको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ करोड ४७ लाख ११ हजार रुपैयाँ छ । 
यता, खराब कर्जा भने ०.४९% मा झरेको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७१ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ६८ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी