
काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २२.८०% ले धरै हो ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जगेडा कोषमा १० अर्ब ४१ करोड रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५१ पैसाले बढेर ३१ रुपैयाँ ४७ पैसा पुगेको छ । साथै खराब कर्जा ३.९१% मा कायम भएको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार वितरण योग्य नाफा १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । बैंकको उक्त सूचक ९.२५% ले घटेको हो । यस्तै सञ्चालन नाफा भने १६.०७% ले बढेको छ । १ खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरेको बैंकले १ खर्ब १५ अर्ब ३६ करोड कर्जा लगानी गर्न सफल भएको छ । बैंकले निक्षेप १५.५१% र कर्जा लगानी ७.५०% का दरले बढाएको हो ।
हाल यस बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्