×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकको माघ २८ गतेदेखि २५ लाख कित्ता ऋणपत्र खुल्ने, अवधि १० वर्ष, कति पाइन्छ ब्याज ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल एसबीआई बैंकको माघ २८ गतेदेखि २५ लाख कित्ता ऋणपत्र खुल्ने, अवधि १० वर्ष, कति पाइन्छ ब्याज ?

Artha Sarokar

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – नेपाल एसबीआई बैंकले माघ २८ गतेदेखि २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको ‘१०% नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको हो ।

यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यो ऋणपत्रमा फागुन २ गतेसम्म आवेदन दिने म्याद रहनेछ । यस समयमा सबै नबिकेमा भने फागुन २८ गतेसम्म म्याद रहनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी