काठमाडौं – कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ७३.१५%ले बढाएर ४ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले २ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, संस्थाले खुद ब्याज आम्दानी र सञ्चालन नाफा ४३.६४% र ७३.१५% ले बढाउन सफल भएको छ । गत वर्ष २७ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले अहिले बढाएर ३९ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले सञ्चालन नाफा पनि २ लाख ५७ हजार रुपैयाँबाट बढोत्तरी गरेर ४ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ ।
यो पुसमसान्तसम्ममा संस्थाको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ लाख २३ हजार रुपैयाँ ऋणात्मक नै रहेको छ । यता, संस्थाको खराब कर्जा २.११% र कस्ट अफ फन्ड १२.२६% छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्