×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंक अफ काठमान्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, क-कसले पाइन्छ भर्न ?

Artha Sarokar

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बैंक अफ काठमान्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा आएको छ । बैंकले संस्थापक सेयरधनी शक्ति कुमार गोल्यानको नाममा रहेकोे यो सेयर बिक्री गर्न लागेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १६० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । 
बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन माघ २३ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी