×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम मौका

LAXMI SUNRISE BANK

कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम मौका

१४ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १४ गतेदेखि प्रतिकित्ता १ हजारका दरले ३ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । बैंकले जारी गरेको ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । 
बैंकले १० वर्ष अवधिको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी