काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।