×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने, भयो सम्झौतापत्रमा हस्ताक्षर…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सनराइज बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने, भयो सम्झौतापत्रमा हस्ताक्षर…!

Artha Sarokar

९ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यी दुई संस्थाबीच बुधबार प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्न भएको हो ।  
सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्कालनियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिईने सम्झौतामा उल्लेख छ ।
सनराइज बैंकको देशभर १ सय ३० शाखाबाट सेवा दिँदै आएको छ भने सिर्जना फाइनान्सले २१ वटा शाखा बाट सेवा दिँदै आएको  छ ।
गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब ८५ अर्ब, कर्जा लगानी करिब ७८ अर्ब रहेको छ ।  यसै अवधिमा सिर्जना फाइनान्स लिमिटेडले भने निक्षेप तथा कर्जा क्रमशः करिब ७अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको छ । 
प्राप्तिपश्चात बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी