
काठमाडौँ – उच्च अदालत पाटनले नेपाल पुनर्बीमा कम्पनीलाई जारी पूँजी घटाउन स्वीकृती दिएको छ। कम्पनीले उच्च अदालतको गत माघ १ गतेको फैसलाबाट उक्त स्वीकृती पाएको हो।
कम्पनीले जारी पूँजी घटाउने स्वीकृत पाएसँगै अब कम्पनीको पूँजी १० अर्ब हुनेछ । कम्पनीको २०७५ पुस १३ मा सम्पन्न विशेष साधारण सभाले पनि जारी पँजी १५ अर्ब रुपैयाँबाट घटाएर १० अर्ब कायम गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यसपश्चात कम्पनी १० अर्ब कायम गर्न अदालती प्रक्रियामा गएको थियो। उक्त प्रकृयाका लागि कम्पनीका तर्फबाट तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनले गत कार्तिक २८ मा दिएको निवेदनको फैसलाको पूर्ण पाठ कम्पनीले गत माघ १ गते प्राप्त गरेको हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्