×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से परिसूचक ३.३६ अंकले बढ्यो, कारोबार १ अर्व ५१ करोडमाथि

LAXMI SUNRISE BANK

नेप्से परिसूचक ३.३६ अंकले बढ्यो, कारोबार १ अर्व ५१ करोडमाथि

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ३.३६ अंकले बढेर १३२०.४७ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८३ कम्पनीको ४४ लाख ५५ हजार ५ सय ४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५१ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार हिमालयन बैंकको प्रोमोटर सेयरको भएको छ । यस कम्पनीको कुल २४ करोड ४६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश हिमालयन डिस्टिलरी र एनआईसी एशिया बैंकको भएको छ ।
यता, मंगलबार बैंकिङ्ग, व्यापार, होटल्स, निर्जीवन वीमा, म्यानुफ्याक्चार एण्ड प्रोडक्सन र जीवन बीमा उपसुचकहरु बढेका छन् भने बाँकी सबै घटेका छन् ।

त्यसैगरी सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमइ बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्ड र आइसीएफसी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी