Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति !

अर्थ सरोकार

काठमाडौं । प्रहरीले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति पाएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफुलाई २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध मुद्दा हालेका थिए । साथै, उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।

सोहि निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

यता प्रसाईं भने फरार रहेको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK