×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तले १४% नगद लाभांश सेयरधनीको खातामा पठायो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्वावलम्बन लघुवित्तले १४% नगद लाभांश सेयरधनीको खातामा पठायो

Artha Sarokar

२४ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १४% नगद लाभांश आफ्नो सेयरधनीहरुको बैंक खातामा पठाएको छ । कम्पनीको पुस २० गते सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट २६% बोनस सेयर र १४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले मंसिर ३० गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ । यता, स्वावलम्बनले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी