काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रति तोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रति तोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।