×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक ह्याकिङ प्रकरण : एक करोड रुपैयाँसहित फरार दीपक नेपाल पक्राउ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कृषि विकास बैंक ह्याकिङ प्रकरण : एक करोड रुपैयाँसहित फरार दीपक नेपाल पक्राउ !

Artha Sarokar

२० पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकमसहित फरार भएका दिपक नेपाल पक्राउ परेका छन् । १ करोड रकमसहित फरार भएका  ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको हो । 
प्रहरीले यसअघि सोहि प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ । बैंकको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैंकहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीले जनाएको छ । 
बैंकको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको थियो ।  जसमा डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा दुई जना पक्राउ परेको बैंकले जनाएको छ । 
पक्राउ परेका नेपाललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको पनि महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी