×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ४.९९ अंकले घट्यो बजार, कारोबार ४२ करोड २४ लाख माथि

PRIME CA

आइतबार ४.९९ अंकले घट्यो बजार, कारोबार ४२ करोड २४ लाख माथि

१३ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.९९ अंकले घटेर ११६२.४३ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८१ कम्पनीको १५ लाख ५१ हजार ८९० कित्ता सेयर खरिद बिक्री हुँदा ४२ करोड २४ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको कुल ४८ करोड ४० लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयर र प्राइम कमर्सियल बैंकको भएको छ । 
यस्तै व्यापार, फाइनान्स, अन्य, र जीवन विमा बढेका छन् भने बैंकिङ, होटल्स, निर्जीवन बिमा, विकास बैंक  म्यानुफ्याक्चर एण्ड प्रोडक्सन समूह,  हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फन्ड घटेका छन् । 
आइतबार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेसन र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्स र कृषि विकास बैंकले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: