Skip to content
LAXMI SUNRISE BANK

आइएमई जनरल इन्स्योरेन्सकाे घुम्ति बीमा सेवा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौं – मंसिर २४ गते बीमा समितिबाट जारी “शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” वमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आवश्यक सम्पूर्ण सामाग्री सहित एक मोवाइल भ्यान मार्फत घुम्ती बीमा मोबाईल इन्स्योरेन्स शुरु गरेको छ ।
कम्पनीले ग्राहकको आवश्यकतानुसार घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको हो । सेवाको शुभारम्भ गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिृकत युगेशभक्त बादे श्रेष्ठले हाल काठमाण्डौं उपत्यका भित्र कम्पनीको शाखा नरहेको विभिन्न स्थानहरुमा घरदैलेमा नै गएर यो सेवा प्रदान गरिने र घुम्ती बीमाबाट प्राप्त नतिजाको आधारमा भविष्यमा अन्य स्थानहरुबाट पनि यो सेवा प्रदान गर्ने जानकारी दिए ।
उक्त कार्यक्रममा श्रेष्ठले नियमनकारी निकायबाट घुम्ती बीमाको लागि मार्गदर्शन प्राप्त भएको साथै यस्तो सेवा प्रदान गर्दा कम्पनीले आफना ग्राहकहरुलाई घरदैलोमानै सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सक्ने र शाखा रहित भएको हुनाले कम खर्चिलो हुने हुनाले हामीले तत्काल यो सेवा शुरु गरेकाहौं भनि जानकारी दिए ।
सोही अवसरमा श्री श्रेष्ठले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग निर्जीवन बीमा सम्बन्धि आवश्यक सम्पूर्ण सेवाहरु लिएर ढुक्क भएर आ(आफ्नो व्यावासाय संचालन गर्न पनि सबैलाई अनुरोध गर्दै नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK