×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने, अवधि ५ वर्ष, कति पाइन्छ ब्याजदर ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने, अवधि ५ वर्ष, कति पाइन्छ ब्याजदर ?

Artha Sarokar

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – केन्द्रीय बैंकले २० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र २०८१ बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ५ वर्ष अवधिको नेपाल सरकारको २० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र २०८१ निष्काशन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रमा लगानीकर्ताले पुस १ देखि २१ गतेसम्म आवेदन दिन पाउने छन् । अर्थात पुस १ देखि बचतपत्र निष्काशन हुनेछ । उक्त बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले प्रत्येक ६/६ महिनामा वार्षिक १० प्रतिशतका दरले दिनेछ । सो बचतपत्रको अवधि ५ वर्षको रहेको छ ।
राष्ट्र बैंकद्वारा निष्काशन हुने  यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक, गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।
न्युनतम पाँच हजार रुपैयाँ र अधिकतम पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिनेछ । बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिन्छ । सो बचतपत्रमा लगानी गर्ने लगानीकर्ताले आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क लिन सक्नेछन् । राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गरेर पनि आवेदन भर्न सकिनेछ । साथै , सिटिजन्स बैंकको कमलादी शाखा, नविल बैंकको तिनधारा शाखा, माछापुच्छ्रे बैंकको लाजिम्पाट शाखा, प्रभु बैंकको अनामनगर शाखा, सनराइज बैंकको गैह्रीधारा शाखा र सिद्धार्थ बैंकको हात्तीसार शाखाबाट आवेदन दिन सकिनेछ। त्यसैगरी सानिमा बैंकको नक्साल शाखा, सेन्चुरी बैंकको पुतलीसडक शाखा, प्रभु मनि ट्रान्सफरको लैनचौर शाखा र सेवा रेमिटको कुलेश्वर शाखाबाटसमेत आवेदन दिन सकिनेछ।
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी