Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमइका सिइओ : स्वागतद्वारमा हाँसे, सम्मान पाउँदा मुस्कुराए, अध्यक्ष बोल्दा हाइ गरे, अर्थमन्त्री बोल्दा झन्डै निदाए (फोटो फिचर)

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर भई ग्लोबल आइएमइ बैंकको नामबाट सुरु हुने एकिकृत कारोबारको उद्घाटन कार्यक्रममा शुक्रबार ग्लोबल आइएमइ बैंकको कर्पोरेट कार्यालय कमलादी कम्ती भव्य देखिन्नथ्यो। अर्थमन्त्रीदेखि नेपाल राष्ट्र बैंकका गभर्नरसम्मको उपस्थिति रहेको उक्त कार्यक्रम सार्है भव्य देखिन्थ्यो । स्वागतद्वारदेखि कार्यक्रमस्थलसम्मको भव्यता साच्चै लोभलाग्दो थियो ।
यो माहोलमा धेरैको आँखा एक व्यक्तिमा परेको थियो । उनी हुन् परशुराम कुँवर क्षेत्री, जसले यो बैंकको नेतृत्व गर्दैछन् आजदेखि । तत्कालीन जनता बैंकको सिइओ रहेका उनको व्यस्तता पनि राम्रै देखिन्थ्यो कार्यक्रममा । उपस्थित अथितिदेखि ग्लोबल आइएमइका कर्मचारीहरु उनकै बारे कुरा गरिरहेका भेटिन्थे । ‘परशुराम कुँवर सरलाई ग्लोबल आइएमइ बैंकको कार्ड कति सुहाएकोदेखि अव जनता बैंकका कर्मचारीले श्रम अदालतमा हालेको मुद्धा के हुन्छ भन्ने सम्मको चर्चा ‘कानेखुसी’कै रुपमा चलिरहेको थियो । 
सबैले परशुराम कुँवरकै कुरा गरेको देखेर हाम्रो क्यामराले पनि उनको गतिविधि खिच्न थाल्यो ।
सुरुमा लागौं स्वागतद्वारतर्फ । आहा कति मिठो मुस्कान सिइओ सापको । कति न्यानो स्वागत गभर्नरज्यूलाई । हेर्न लायकको दृश्य थियो त्यो ।
त्यसपछि हामी निरन्तर सिइओ सापलाई पछ्याईरह्यौं । उनले अथिति कुरेकोदेखि अथितिहरुलाई नमस्कार गरेको तस्विर पनि हामीले खिच्यौं ।  
मोबाइल लगातार बजिरहेको थियो । व्यस्त थिए परशुराम । नहुन् पनि किन ? यति ठुलो र भव्य कार्यक्रमका बीच सुरु भएको बैंकको नेतृत्वकर्ता हुन् उनी ।   
केहिबेर पछि उनी कुर्सीमा बसे । र पनि उनको व्यस्तता कायम देखिन्थ्यो । केहि छिनपछि उनलाई सम्मानपत्र लिन बोलाइयो । सम्मानपत्र लिंदा उनी मन्द मन्द मुस्कुराए ।    
फेरि उनी आफ्नो स्व:स्थानमा फर्के । र सुरु भयो अथितिहरुको भाषण ।  भाषण गर्नेहरुको संख्या पनि ठिकै मात्र थियो । तर उनलाई पट्यार लाग्न थालेछ क्यार, उनी झुप्प झुप्प हुन थाले । हामीले यो सब दृश्य क्यामरामा कैद गरिरह्यौं ।   
अथितिहरु बोल्दै थिए, उनी झुप्प झुप्प हुँदै थिए । उनी गम्भीर मुद्रामा सुन्दैछन् कि भन्ने लागेर हामी अझ नजिक गयौँ र हेर्यौं । उनको आँखा पनि बन्द थियो ।   
अध्यक्ष बोल्दा त उनी झन् मज्जाले सुनिरहेको देखिनुपर्ने थियो । तर यस्तो देखिएन । बैंकका अध्यक्ष बोल्दा त उनी हाइ पो काढ्न थाले ।   
उनको अल्छिपनाको दृश्य अझै रोकिएन । अर्थमन्त्री बोल्दा उनी झन्डै निदाएछन् । अलि अलि ताली पड्किन थालेपछि उनले आँखा झ्याप्प खोलेजस्तो गरे ।  
 कार्यक्रमपछि खाजा खाने समय थियो । त्यो बेला भने उनी फ्रेश देखिन्थे ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK