काठमाडौँ । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालले पछिल्ला केहि घटनापछि आफुहरु डराएको प्रतिक्रिया दिएका छन् । संघको ३३औ साधारणसभालाई सम्बोधन गर्दै दाहालले अहिलेको कानुनमै समस्या भएको, र इमान्दार बैंकरलाई समेत काम गर्ने वातावरण नभएको गुनासो गरेका हुन्। विशेषगरी बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ पक्राउ परेपछि धेरै कर्मचारीहरु कर्जा प्रवाह गर्न डराएको र कर्जा शाखाबाट सरुवा खोज्न थालेको उनको भनाइ छ ।
‘अजय दाइ पक्केराउ पर्हिनुभएपछि हामी डराएका छौं । केहि बैंकर्स बदमास पनि होलान् । तर अहिलेको कानुनलाई हेर्ने हो भने इमान्दार बैंकरलाई समेत काम गर्ने वातावरण छैन । हतारमा सहि गरेको फाइल पनि फुर्सदमा पल्टाएर हेर्ने गर्छु ।’ उनले भने । कर्मचारीको गल्तीकै कारणले राम्रो क्षवी भएका सिइओ जेल जानू परेको हुदा त्यो अवस्था आगामी दिनमा आउन नदिन त्यसका लागि काम गर्ने त्यसमा राष्ट्र बैंकको सहयोग आवश्यक रहेको उनले बताए ।
बैंकर्स संघका अध्यक्षले यस्तो भन्दा केहि बैंकर गम्भीर बनेका थिए भने केहि मुसुमुसु हाँसीरहेका थिए । ज्ञानेन्द्र ढुंगानाको कार्यकाल सकिएसँगै उनी नयाँ अध्यक्ष चुनिएका हुन् ।