
काठमाडौँ । एशियाली विकास बैंकले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएको जनाएको छ । बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको त्रिपक्षिय पोर्टफोलियो समिक्षामा एशियाली विकास बैकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन् । समिक्षा बैठकमा एडिबिका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडिबि सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्न तर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गर्नुभयो ।
सरकारले कतिपय परियोजनामा प्रयाप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलर देखि ४० करोड अमेरिकी डलर सम्म लगानी गर्ने लक्ष्य पुरा हुन नसकेको उहाँको बताउनुभयो । परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले बताउनुभयो । एडिबिले हालसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन । एशियाली विकास बैकले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।
समिक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले एडिबिले लगानी गरेका परियोजनाको गति र दक्षता विकासमा चुनौतिहरु रहेको र यस्तो समिक्षा बैठकले महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्ने बताउनुभयो । सचिव ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशिल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानी अभिवृद्धिका लागि अर्थमन्त्रालय सधै गम्भिर रहेको समेत बताउनुभयो ।
एडिबिले हाल सम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडिबिको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ । एडिबिले नेपालमा उर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषि लगायत क्षेत्रमा लगानी गर्दै आएको छ ।हेर्नुहोस् भिडियो:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्