×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ एक्स्पोमा भिजिटरभन्दा अतिथि र पत्रकार बढी, गभर्नरले भने, ‘सहभागी कम देख्दा दु:ख लाग्यो’ (भिडियो)

PRIME CA

बैंकिङ एक्स्पोमा भिजिटरभन्दा अतिथि र पत्रकार बढी, गभर्नरले भने, ‘सहभागी कम देख्दा दु:ख लाग्यो’ (भिडियो)

अर्थ सरोकार

१ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  । काठमाडौंको भृकुटीमण्डपमा आईतबारबाट २ दिने बैंकिङ एक्स्पो सुरु भएको छ। गभर्नर डा. चिरन्जीवी नेपालले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले आर्थिक गतिविधि अघि बढाउन आयोजना गरिएको त्यस्ता प्रदर्शनीहरुमा कम सहभागिता भएको भन्दै दुखसमेत व्यक्त गरे ।
सुरुवातीको पहिलो बर्षदेखि नै यो एक्स्पो बैंकहरुको खर्च, ‘बालुवामा पानी’ सरह हुने गरेको छ । प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएका छन् । यता गभर्नर नेपालले सो प्रदर्शनीको  सदुपयोग गरेर पूँजी बजार र विमाबारे आवश्यक जानकारी लिनसमेत सबैलाई आग्रह गरे । यद्यपी प्रदर्शनी हेरेर फर्किएकाहरुले भने खास नयाँ केहि नदेखेको गुनासो गरेका छन् ।
उक्त कार्यक्रममा भिजिटरभन्दा पनि बढी कार्यक्रमबारे समाचार संकलनका लागि आएका पत्रकार र कार्यक्रममा प्रायोजन गरेका प्रायोजकका प्रतिनिधिहरुको उपस्थिति थियो० ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: