
काठमाडौँ । काठमाडौँको सबैभन्दा विवादित, गलत धन्दा गरेको भन्दै सरकारले जरिवाना तिराएको कम्पनी चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । जवकी उक्त रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा नै आएको छैन । यसरी सञ्चालनमा नै नआएको कमपनीले अवार्ड पाएपछि अवार्ड किनबेच भएको आशंका गरिएको छ ।
संचालन नै नभएको रिसोर्चटलाई अवार्न्द्राड दिने मात्गिर होइन अवार्रिड दाताले चन्द्रागिरी हिल्सकै महाप्रबन्धक अभिषेक बिक्रम शाहलाई ई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङ्गेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरेपछि अवार्ड किनबेच भयो कि भन्ने शंकामा बल पुगेको छ ।
पुरस्कार प्राप्त गरेपछि खुशी व्यक्त गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक ढकालले यो अवार्ड चन्द्रागिरि हिल्सले मात्र नभएर नेपालको सिंगो पर्यटन क्षेत्रले नै प्राप्त गरेको बताएका छन् । जवकी चन्द्रागिरी हिल्सलाई अहिले पनि सरकारी अनुगमन टोलीले स्पष्टीकरण सोधेको छ भने उक्त रिसोर्ट पूर्ण रुपमा चलेको पनि छैन । रिसोर्टमा बनाइएका भवनहरु नक्सा पास नै बिना बनाइएको भन्दै केहि समय अगाडी विवादमा तानिएको थियो ।
यो कम्पनीले आफैंले नामाकरण गरेको इक्षापुरेश्वर मन्दिरलाई भालेश्वर भन्दै धर्मका नाममा व्यापार गरिरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्