
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक लिमिटेडको काम कार्वाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । अर्थमन्त्री खतिवडाले नेपाल बैंक लिमिटेड अनुशासित, आधुनिक, प्रतिस्पर्धी र एक्काईशौं शताब्दीको वाणिज्य बैंकहरुमा हुनुपर्ने गुणले युक्त भएको उल्लेख गर्दै त्यसका काम कार्वाहीप्रति सन्तुष्टि व्यक्त गरेका हुन् । बैंकको ८३ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तिय संस्थाहरु आधुनिक प्रविधिमैंत्री हुँदै गएकोमा खुुसी पनि व्यक्त गरे ।
‘एक समय आफू गभर्नर हुँदा नेपाल राष्ट्र बैंकमा अनलाईन सेवा सुरु गर्ने निर्णय गर्दा कर्मचारीहरुले विद्रोह नै गरेका थिए,’ अर्थमन्त्री खतिवडाले कार्यक्रममा भने,‘ त्यस अवस्थालाई हेर्दा बैंकहरुले हाल प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको देखिन्छ ।’ हेर्नुहोस् भिडियो रिपोर्ट :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्