×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकी रहेका लाभांश बुझ्न आउन एनआईसी बैंकको ताकेता

LAXMI SUNRISE BANK
GLOBAL

बाँकी रहेका लाभांश बुझ्न आउन एनआईसी बैंकको ताकेता

२९ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एसिया बैंकले विगतमा वितरण गरेको लाभांश रकम बुझ्न बाँकी भए बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलबाट यथाशीघ्र प्राप्त गर्न आग्रह गरेको छ । साथै, लाभांश पुर्जी लिई सकेका शेयरधनीले समेत सो पुर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्नसमेत बैंकले अनुरोध गरेको छ । 
लामो समयदेखि बुझ्न बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ । आव २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनी महानुभावहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन बैंकको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी