×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकमा महेश ढकालले देखाए कमाल, खुद नाफा ४०.५५% ले वृद्धि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकमा महेश ढकालले देखाए कमाल, खुद नाफा ४०.५५% ले वृद्धि !

Artha Sarokar

१९ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेघा बैंक छोडेर ग्लोबल आइएमई बैंक छिरेका महेश शर्मा ढकालले कामु सीइओ रहँदा  ‘कमाल’ देखाएका छन् । ढकालको नेतृत्वमा चलिरहेको ग्लोबलले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा खुद नाफा ४०.५५% ले वृद्धि गरी ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ कमाउन सफल भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकद्वारा सार्वजनिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५३ करोड ५८ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
यस अवधिमा बैंकले अधिकांश वित्तीय सूचकहरुमा सुधार ल्याएको प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार आएको छ । बैंकका यी दुई सूचकहरू क्रमश : ३०.३०% र ३८.४०% ले बढेका छन् भने बैंकको वितरण योग्य नाफा २८ करोड ११ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब २८ अर्ब ९९ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब  १८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८ पैसाले बढेर २८ रुपैयाँ ८७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसैगरी, बैंकको पूँजीकोष अनुापत ११.८७ प्रतिशत, आधार ब्याजदर ९.४४ प्रतिशत, कोषको लागत ७.१३ प्रतिशत र स्पेडदर ४.९९ प्रतिशत रहेको छ । 
हाल ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर प्रक्रियामा रहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी