
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन र ३ सय ६५ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले उक्त ट्रेजरी बिल कात्तिक १८ गते अपराह्न २ बजे बोलकबोल प्रक्रियामार्फत् जारी गर्न भएको हो । ९१ दिन अवधिको १० करोड रुपैयाँ र ३ सय ६५ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँ गरी कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले ९१ दिनका लागि १० करोड रुपैयाँ र १ अर्ब ५६ करोड रुपैयाँ ३ सय ६५ दिनका लागि गरी १ अर्ब ६६ करोड रुपैयाँको उक्त ट्रेजरी बिल बिक्री गर्ने जनाएको छ । ९१ दिने ट्रेजरी बिल आगामी माघ २१ गते परिपक्क हुनेछ भने ३ सय ६५ दिने ट्रेजरी बिल २०७७ कात्तिक १८ गते परिपक्क हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्