
काठमाडौँ । छठ पर्वको अवसरमा कात्तिक १७ गते (आइतबार) प्रदेश २ ले सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार पनि छठ पर्वको अवसर पारेर बिदा दिने निर्णय गरेको हो ।
यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिवार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ । यो दिन शनिबारै भएपनि संघीय सरकारले समेत विदा दिएको सूची बनाएको छ ।
यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । संघीय सरकारले यस वर्षको छठ पर्व र होली पर्वमा १/१ दिन विदा दिएपनि प्रदेश सरकारले यो पर्वहरुमा २/२ दिन विदा दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्