
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा तत्कालिन सभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरूद्ध जवरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको हो । जसमा साढे ७ वर्षसम्मको जेल कैद सजायको माग गरिएको छ ।
काठमाडौं अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।
महरामाथि अनुसन्धानका लागि तीन पटक म्याद थप गरिएको थियो । पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि ७ दिनको म्याद थप गरिएको थियो । पहिलो पटक १३ दिन, दोस्रो पटक ५ दिन र तेस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो । महरालाई रोशनी शाहीलाई रातिको समयमा उनकै निवास तीनकुनेस्थित डेरामा पुगेर जवरवस्ती करणी गरेको आरोप लागेको छ ।
आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्