काठमाडौं – नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले उक्त आइपिओ निष्काशनका लागि रेटिङ गराएको छ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ ।
ऋणपत्र ल्याउन रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्