
काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने हुनु भएको छ । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति भण्डारीकै मैंत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिनु भएको हो । ‘कसले स्वागत गर्ने भन्दा राष्ट्रपति ज्यूको मैंत्रीपूर्ण निमन्त्रणामा उहाँ आउँदै हुनुहुन्छ भनेपछि उहाँले नै स्वागत गर्नु हुन्छ,’ बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नु भयो, ‘यो धेरै बहसको विषय रहेन्, त्यो धेरै क्यूरिसिटीको विषय पनि भएन ।’
मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताउनु भयो । त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि संचारमन्त्री बास्कोटाको भनाई छ । उहाँले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेको पनि बताउनु भयो । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई पूर्ण रुपमा सफल बनाउने, ऐतिहासिक बनाउने कुरामा हामी पूर्ण रुपले सचेत छौं,’ संचारमन्त्री बास्कोटाको भनाई थियो,‘दुवै देशले त्यसलाई गम्भिरतापूर्वक लिएको छ ।’
चिनियाँ राष्ट्रपति सीको यही शनिबार र आईतबार दुई दिने नेपालको राजकीय भ्रमण हुँदैछ । संचारमन्त्री बास्कोटाले सो भ्रमणमा नेपालले दुई मुलुकबीचको कनेक्टिभीटीमा जोड दिने पनि बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्