×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाले गर्यो १२% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कालिका लघुवित्त वित्तीय संस्थाले गर्यो १२% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि ?

Artha Sarokar

१२ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले १२% बोनस सेयर दिने घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समिति १७५औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १२% बोनस सेयर दिने निर्णय गरेको हो ।साथै बोनसमा लाग्ने कर तिर्नका लागि ०.६३% नगद लाभांश दिने भएको छ । 
कम्पनीले १ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनार्थ ६ लाख ८२ हजार १०५ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । हाल यस संस्थाको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ रहेको छ । अहिले घोषणा गरेको बोनस सेयरपछि भने पुँजी १२ करोड ९ लाख ६० हजार रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी