Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंक लुटमा नयाँ ‘टुइस्ट’ : मुम्बइमा बसेर बनेको थियो नेपाली बैंकबाट ५ अर्व लुट्ने योजना !

अर्थ सरोकार

काठमाडौं। कृषि विकास बैंक लुटमा नयाँ ‘टुइस्ट’ देखिएको छ । मुम्बइमा बसेरनेपाली बैंकबाट ५ अर्व लुट्ने योजना ‘काले’ भन्ने ‘पिटर’ नामका विदेशी नागरिकले गरेको खुलेको छ । उनले विभिन्न नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा ‘क्रेडिन्सियल ह्याकिङ’ गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि यो प्रकरणमा नयाँ ट्विष्ट आएको हो। 
प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको छ । पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ। प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेको छ। राष्ट्र बैंकले भने कर्मचारीहरुको संलग्नता पुष्टी गरेको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK