×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्यालेन्ट हन्टका नाममा हुने मनपरी भर्तीमा राष्ट्र बैंकले लगायो रोक, आफ्ना मान्छेलाई बैंकमा भर्ती गर्नेहरु तनावमा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ट्यालेन्ट हन्टका नाममा हुने मनपरी भर्तीमा राष्ट्र बैंकले लगायो रोक, आफ्ना मान्छेलाई बैंकमा भर्ती गर्नेहरु तनावमा !

Artha Sarokar

२३ भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौ । ‘ट्यालेन्ट हन्ट’का नाममा हुने मनपरी कर्मचारी भर्तीमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । राष्ट्र बैंकले सोमबार सर्कुलर जारी गर्दै यस्तो रोक लगाएको हो । 
‘बैंक तथा वित्तीय संस्थाहरुले उत्कृष्ट कर्मचारी छनौट प्रकृयाबाट कर्मचारी भर्ना गर्नु पर्ने अवस्थामा निष्पक्षता र पारदर्शीता कायम हुने गरी अलग्गै कार्यविधि तर्जुमा गरी मात्र भर्ना गर्ने ब्यवस्था गर्नु पर्ने छ।’  निर्देशनमा भनिएको छ ।
पछिल्लो समय ट्यालेन्ट हन्टको बहानामा आफ्ना मान्छेहरुलाई जागिर खुवाउने चलन बढेको थियो । जसका कारण विशेषगरी ठूलो पदमा जागिर खाने कर्मचारीहरुलाई पावर नै लगाउनुपर्ने अवस्था थियो ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी