काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रति तोला ७१ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला ७१ हजार ७ सय रुपैयाँ कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।