
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १००% हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साउन २१ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । संस्थाको उक्त हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको थियो ।
ग्लोबलको सो हकप्रदमा असार ३१ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ भने लक्ष्मी क्यापिटल मार्केट, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन बुझाउन सकिनेछ । ग्लोबल आइएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर जमल काठमाडौंमा भने चेकबाट मात्र दरखास्त दिन सकिने ब्यवस्था गरिएको छ ।
हाल यस संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । हकप्रद बिक्री गरेपछि चुक्ता पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्