
काठमाडौं । पोखरामा आयोजित “चौथो आइटि ग्रुप फुटसल प्रतियोगिता” मा पोखरा फाइनान्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । खेलमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी कुल ९ टिमको सहभागीता रहेको थियो ।
उक्त खेलमा सर्बोकृष्ट खेलाडी पोखरा फाइनान्सका राजन श्रेष्ठ घोषित भए । विजेता टोलीलाई नगद रु २५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो साथै उपविजेता टोलीलाई नगद रु १५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा आफ्नो मन्तव्य राख्दै पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले यस्तो प्रकारको प्रतियोगिताले अन्तर बैंक वित्तीय संस्थाबीच सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्