×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्विजिसन प्रस्तावसहित तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटीको विशेष साधारणसभा असोज ७ मा हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एक्विजिसन प्रस्तावसहित तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटीको विशेष साधारणसभा असोज ७ मा हुँदै !

Artha Sarokar

२२ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गर्न एकैसाथ विशेष साधारणसभा डाकेका छन् । दुवै बैंकले असोज ७ गते विशेष सभा बोलाएका हुन् । तिनाउ मिसनले नेपाल कम्युनिटीलाई एक्वायर गर्ने मुख्य एजेन्डा रहेको छ ।
तिनाउ मिसनको विशेष साधारण सभा सिद्धार्थ कटेज एन्ड रेस्टुरेन्ट बुटवल–९, रुपन्देहीमा बिहान ९ बजे सुरु हुनेछ भने नेपाल कम्युनिटीको सभा ड्रिमल्यान्ड गोल्ड रिसोर्ट प्रालि, तिलोत्तमा–५ रुपन्देहीमा बिहान ९ बजे नै बस्नेछ । 
बैंकले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा एक्विजिसन प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । सभाले एक्विजिसन सम्बन्धी अन्तिम सम्झौता पत्र तथा अन्य सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । एक्विजिसनपछि जारी तथा चुक्ता पुँजी र सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।
हाल तिनाउको चुक्ता पूँजी १ अर्ब १४ करोड रुपैयाँ रहेको छ। यसअघि तिनाउ र मिसन डेभलपमेन्ट बैंक बराबरी हैसियतमा गाभिएका थिए । एक आपसमा गाभिएर गत असार ३१ गतेदेखि एकिकृत कारोबार गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी