काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले १२.५% बोनस सेयर दिने घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको १२५ औं बैठकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १२.५% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कर तिर्न नगद लाभांश पनि दिनेछ । लाभांश अनुमोदन गर्न कम्पनीले असोज ७ गते विशेष साधारणसभा समेत बोलाएको छ । सभा प्रयोजनका लागि प्राइमले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ ।
इन्सुरेन्सले २२ करोड ३१ लख ४ हजार ३७५ रुपैयाँ बरारबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यो लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । हाल प्राइमको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । बोनसपछि पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँ पुग्नेछ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई विशेष साधारणसभा र बोनस सेयर सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्