
काठमाडौँ । शनिबार डीएसपी होविन्द्र बोगटीको मोबाइलको एक बैंकरको फोन आउँछ । फोन थियो दिनेश थकालीको । दिनेश थकाली अर्थात प्रभु बैंकका चिफ अपरेशन अफिसर । ‘बैंकको एटिएम सिस्टमा केही असाधारण गडबडी देखिएको छ। एउटा मान्छेले पटक–पटक असाधारण रुपमा एटीएम कार्ड प्रयोग गरेको संकेत सिस्टमले दिइरहेको छ । एटीएम सर्भिस प्रोभाइडर नेप्सबाट नबिल बैंकको दरबारमार्ग बुथमा समेत केही अनाधिकृत गतिविधि भइरहेको संकेत छ भन्ने आइटी टिमको रिपोर्ट छ ।’, थकालीले डीएसपी बोगटीलाई सूचना दिए । थकालीको सूचनापछी प्रहरी एक्सनमा होमियो।
दिनेश थकालीले सूचनापछि परिचालन भएको डीएसपी बोगटीको टोली दरबारमार्गस्थित नबिल बैंक एटीएम बुथ पुग्दा त्यहाँ चिनियाँ नागरिक झु लियांगआंग रकम निकाल्दै थिए । प्रहरीले उनीमाथि खानतलासी गर्यो र उनको झोलाबाट २० थान नक्कली एटीएम र होटल माया मनोहर बुटिकको साँचो जफत गर्यो । प्रहरी होटल पुग्दा उनको समुहका चारजना दुई वटा सुटकेश र झोला बोकेर बाहिरिँदै थिए । प्रहरीले सबैलाई पक्राउ गर्यो ।
नबिलका राजीवबाट नेप्स हुँदै आएको थियो सूचना
हामीले यस विषयमा दिनेश थकालीलाई सोधेका थियौँ । ‘प्रहरीलाई त खबर गर्नै पर्यो । मलाई आईटिले यस्तो रिपोर्ट गरेपछि मैले प्रहरीलाई खबर गरेको हुँ’ उनले भने । उनका अनुसार यसको प्रारम्भिक सूचना नबिल बैंकका ‘राजीव’ नाम गरेका कर्मचारीबाट नेप्स आएको थियो भने नेप्सेबाट प्रभु बैंकको आइटी विभागलाइ आएको थियो । आइटीले दिनेश थकालीलाई खबर गरेपछि उनले उनले प्रहरीलाई खबर गरेका थिए । ‘ठुलो दुर्घटना हुन पाएन । हामी त्यसैमा खुसी छौँ ।’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्