×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा खुलेका बैंकहरुमा विदेशी पूँजी आयो भनेर डराउनु पर्दैन : अर्थमन्त्री खतिवडा

LAXMI SUNRISE BANK

नेपालमा खुलेका बैंकहरुमा विदेशी पूँजी आयो भनेर डराउनु पर्दैन : अर्थमन्त्री खतिवडा

१३ भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा खुलेका बैंकहरुमा विदेशी पुँजी आयो भनेर डराउनु नपर्ने बताउनु भएको छ । बिहिबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको उत्तर दिदै नेपालमा बैक मार्फत भित्रिएको पुँजीले अर्थब्यबस्थामा सकारात्क प्रभाव पारेको भन्दै डराउनु नपर्ने बताउनु भएको हो । 
नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएकोले निषेध गर्न नसकिने बताउनुभयो । विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको भन्दै उहाँले विदेशी स्वामित्वका संस्थाहरु खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न नहुने बताउनुभयो । 
विदेशी लगानीको भएपनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानून, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने अर्थमन्त्रीले उल्लेख गर्नुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी