×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाराजगंजमा ज्योति विकास बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल १०२ पुग्यो

PRIME CA

महाराजगंजमा ज्योति विकास बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल १०२ पुग्यो

११ भाद्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

महाराजगंज

काठमाडौं – ज्योति विकास बैंकले शाखा विस्तार गर्ने क्रममा मगंलबार काठमाण्डौको महाराजगंजमा नयाँ शाखा उद्घाटन गरेको छ। उक्त बैंकको उद्घाटन पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरेका हुन् ।
बैंकिङ्ग पहुँचमा थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याइएको हो।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. रामशरण महतले बैंकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिएका छन् ।
हाल ज्योति विकास बैंकको नयाँ शाखासहित १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: