Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछानेसहित तीनै जनाको बयान सकियो, थुनछेकको बहस हुँदै !

अर्थ सरोकार

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीनै जनाको बयान सकिएको छ । 
जिल्ला अदालत चितवनमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएपछि आजबाटै थुनछेक बहस हुनेछ । अब दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ । 
यता आइतबारमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै अभियोगपत्र दायर गरेको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK