काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा १० करोड २१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ८ करोड १६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस अनुसार, संस्थाको गत वर्षको नाफा अघिल्लो वर्षको तुलनामा २५.१२% धेरै देखिन्छ ।
यता, संस्थाले खुद बिमा शुल्क १७१.६२% ले बढाएर ७८ करोड ९९ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले २९ करोड मात्र रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । साथै, बिमा कोषको आकार पनि १६ करोडबाट बढेर ६० करोड ३९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले महाविपत्ति कोषमा १ करोड ९६ लाख रुपैयाँ राखेको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले ३४ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ भने २२ लाख ३५ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रकम रहेको छ । हाल चुक्ता पुँजी १ अर्ब ४० करोड लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ६४ लाख रुपैयाँ जम्मा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्