×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७% लाभांश दिन सक्ने क्षमता भएको प्राइम बैंकको खुद नाफा ३७.०२%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

PRIME CA

१७% लाभांश दिन सक्ने क्षमता भएको प्राइम बैंकको खुद नाफा ३७.०२%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार

३० श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३७.०२%ले वृद्धि गरेर २ अर्ब ३६ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ६० करोड ७ लाख ७२ हजार रुपैयाँ रहेको छ । जस अनुसार बैंकले १७% सम्म लाभांश बाड्न सक्ने क्षमता रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी ३४.९६% ले र सञ्चालन नाफा ३४.९३% ले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ३ अर्व ५९ करोड ७८ लाख रुपैयाँ कमाएको छ । साथै, सञ्चालन नाफा २ अर्व ४२ करोड ५८ लाख रुपैयाँबाट बढेर ३ अर्व २७ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ । 
यो चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५१ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको छ । बैंंकले रिजर्भ कोष ४१.९३%ले बढोत्तरी गरी २ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।
यता बैंकको खराब कर्जा ०.९२% रहेको छ । भने कस्ट अफ फण्ड ७.९० प्रतिशत र आधार दर १०.०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८९ पैसाले बढाएर २५ रुपैयाँ ३८ पैसा पुर्याएको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: