×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सले गयो आकर्षक प्रगति, खुद नाफा ४०.१०% ले वृद्धि हुँदा कति पुग्यो प्रतिसेयर आम्दानी ?

PRIME CA

हिमालयन जनरल इन्स्योरेन्सले गयो आकर्षक प्रगति, खुद नाफा ४०.१०% ले वृद्धि हुँदा कति पुग्यो प्रतिसेयर आम्दानी ?

अर्थ सरोकार

२८ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्ष यसै अवधिको तुलनामा ४०.१०% ले बढी हो । अघिल्लो वर्ष कम्पनीले १४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
कम्पनीको बिमा कोषको आकार पनि २६.५५% ले बढेर ४७ करोड ३० लाख रुपैयाँ कायम भएको छ । यस्तै, खुद बिमा शुल्क आर्जन भने १७.६०% ले घटेर २९ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ । हिमालयनले यो त्रैमाससम्म कूल १७ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम १ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ छ ।
हाल चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भ कोषमा २५ करोड ५२ लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ । रिजर्भ कोष ६३.६३%ले वृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६३ पैसा बढेर १९ रुपैयाँ ३३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ १० पैसा रहेको विवरणमा उल्लेख छ ।


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: