×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकर लाईसेन्सको आवेदन दिनेमा पहिलो बैंक बन्यो माछापुच्छ्रे, छ वटा बैंकले दर्ता गराए सहायक कम्पनी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ब्रोकर लाईसेन्सको आवेदन दिनेमा पहिलो बैंक बन्यो माछापुच्छ्रे, छ वटा बैंकले दर्ता गराए सहायक कम्पनी !

२४ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ब्रोकर लाईसेन्सको आवेदन दिनेमा पहिलो माछापुच्छ्रे बैंक  रहेको छ । बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटीजले मंगलबार नेप्सेमा आवेदन दिएको हो । सोहि अनुसार नेप्सेले हालसम्म माछापुच्छ्रेले मात्र आवेदन दिएको जनाएको छ ।

यस्तै हालसम्म मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले  सहायक कम्पनी दर्ता गराएका छन् । 

गत शुक्रबार एक सूचना जारी गरी नेप्सेले ब्रोकर बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आवेदन पेश गर्न आह्वान गरेको थियो । नेप्सेले १५ दिनको समयसिमा दिएकोमा ७ दिन हुँदा एउटा बैंकले मात्र आवेदन दिएको जनाएको छ । आवेदन दिने म्याद अब एक साता रहेकाले थप कम्पनीले पनि आवेदन दिने तयारी गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी