×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अधिकांश सूचकमा सुधार गर्दै कृषि विकास बैंकको खुद नाफा १९.१५% ले वृद्धि, कति पुग्यो प्रतिसेयर आम्दानी ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अधिकांश सूचकमा सुधार गर्दै कृषि विकास बैंकको खुद नाफा १९.१५% ले वृद्धि, कति पुग्यो प्रतिसेयर आम्दानी ?

Artha Sarokar

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कृषि विकास बैंकको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरेको विवरण अनुसार यो चौथौ त्रैमाससम्म आउँदा बैंकको अधिकांश सूचकमा सुधार आएको छ।  यस अवधिमा बैंकले खुद नाफा ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ कमाएको छ । यस अनुसार बैंकको खुद नाफा गत वर्षको तुलनामा १९.१५% ले धेरै हो ।  गत वर्ष बैंकले यसै अवधिमा ३ अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ७.६१% ले बढाएर ७ अर्व ३७ करोड ३ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ।  गत वर्ष बैंकले खुद ब्याज आम्दानी ६ अर्व ८४ करोड ८६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको थियो । यता, गत वर्ष ४ अर्व ९४ करोड ४० लाख २२ हजार रुपैयाँ सञ्चालन नाफा रहेको बैंकले यस त्रैमासमा १०.८१%ले बढाएर ५ अर्व ४७ करोड ८८ लाख १७ हजार रुपैयाँ पुर्याएको छ ।   
यो चौथौ त्रैमाससम्ममा बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा क्रमश: १४.९१% र ११.२१% ले वृद्धि गरेको छ । साथै, बैंकको चुक्ता पुँजी ३.६६% ले बढेर १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १० अर्व ४० करोड ५९ लाख ४२ हजार रुपैयाँ जम्मा गरेको छ । 
यस अवधिमा बैंकको खराब कर्जा भने ०.२४%ले घटेर २.९०% मा झरेको छ भने कस्ट अफ फन्डमा ७.१४% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ४९ पैसाले बढेर ४४ रुपैयाँ ६७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ ३ सय १४ रुपैयाँ १५ पैसा रहेको विवरणमा देखिएको छ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी