×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठमेलमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल ९८ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ठमेलमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल ९८ पुग्यो

Artha Sarokar

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौं जिल्लाको, काठमाडाैं महानगरपालिका वडा नम्बर २९, ठमेलमा नयाँ शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखाबिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी