Skip to content
LAXMI SUNRISE BANK

सूर्या लाइफ इन्स्योरेन्सले ७०% हकप्रद सेयर निष्कासन गर्न कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार

काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्सले ७०% हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासनका लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार साउन २८ गते सम्म कायम रहने सेयरधनी मात्र उक्त हकप्रद भर्न पाउने  छन् । 
कम्पनीले १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको छ। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK