×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल हाइड्रोपावरको अधिकांश सूचकमा सुधार, खुद नाफा ५२४.७४% ले वृद्धि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेसनल हाइड्रोपावरको अधिकांश सूचकमा सुधार, खुद नाफा ५२४.७४% ले वृद्धि

Artha Sarokar

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेसनल हाइड्रोपावर कम्पनीको आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको अधिकांश सूचक सुधार हुँदै गएको छ । यो चौथौ त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ५२४.७४% ले बढेर ९१ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १४ लाख ६७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १६.३६% ले वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्री गरेर ४ करोड ६३ लाख ६७ हजार रुपैयाँबाट बढाएर ५ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । यसको सेयर पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार २०० रुपैयाँ छ । 
यता, जगेडा कोष ४० करोड ५२ लाख ९५ हजार रुपैयाँले ऋणात्मक छ । यता, नेसनलको प्रतिसेयर आम्दानीमा भने केहि सुधार आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८ पैसाले बढेर ३ रुपैयाँ २२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थमा ७० रुपैयाँ ७६ पैसा रहेको विवरणमा उल्लेख भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी